Wednesday 21st January 2026

कुवेतमा ज्यान गुमाएका यामका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान


तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् ।

याम बहादुरकी श्रीमती पार्बती, ३ वर्षीय छोरा निरजसँगै आफन्तलाई बिहीबार भेटेर गाँउपालिकाका अध्यक्ष सन्तोश थापाले परिवारलाई एक लाख बराबरको नि:शुल्क स्वास्थ्य बिमा र छोरालाई स्नातक तह सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने बताएका छन् ।उहाँका साला (श्रीमतीका भाइ) रमन थापाका अनुसार याम बहादुरको शवलाई काठमाण्डौ पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । बौद्ध परम्परा अनुसार ७ दिने काजकिरिया बुधबार सम्पन्न भएको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेका यम बहादुरको परिवारलाई स्थानीय सरकारको तर्फबाट गर्न सकिने अन्य सहयोगका बारेमा पनि छलफल भइहेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

साभार उज्यालो नेटवर्क


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...