Friday 27th March 2026

कुवेतमा ज्यान गुमाएका यामका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान


तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् ।

याम बहादुरकी श्रीमती पार्बती, ३ वर्षीय छोरा निरजसँगै आफन्तलाई बिहीबार भेटेर गाँउपालिकाका अध्यक्ष सन्तोश थापाले परिवारलाई एक लाख बराबरको नि:शुल्क स्वास्थ्य बिमा र छोरालाई स्नातक तह सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने बताएका छन् ।उहाँका साला (श्रीमतीका भाइ) रमन थापाका अनुसार याम बहादुरको शवलाई काठमाण्डौ पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । बौद्ध परम्परा अनुसार ७ दिने काजकिरिया बुधबार सम्पन्न भएको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेका यम बहादुरको परिवारलाई स्थानीय सरकारको तर्फबाट गर्न सकिने अन्य सहयोगका बारेमा पनि छलफल भइहेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

साभार उज्यालो नेटवर्क


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...