Tuesday 11th November 2025

दक्षिणी भारतमा बाढीबाट २०९ जनाको मृत्यु


तितोपाटी – भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन् । भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो । ती व्यक्तिहरुमा प्रायःलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ ।

केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो । हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...