Wednesday 1st April 2026

ईदुल-अद्हा र कुर्बानी


गुलाम नवि मन्सुर – ईदुल-अद्हाका विशेषताहरु- मुस्लिमहरुको यो दोस्रो ठूलो ईद र पर्व हो। इस्लामि पात्रो अनुसार जुल-हिज्जा महिनाको दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…
हज्जमा नगएका व्यक्तिहरुले यो पर्व पनि रमजान पर्व जस्तै मनाउनु पर्छ, तर जकातुल्-फित्र दिनु पर्दैन, किनभने यो ईदुल्-फित्रसित गाँसिएको छ।
ईदुल-अद्हामा अल्लाहको लागि कुर्बानी दिनु मुस्तहब हो।
कुर्बानी- अल्लाहको लागि भेंडाबाख्रा, ऊँट वा गाईको कुर्बानी दिनु। यसको समय पर्वको सलाहपछि आरम्भ हुन्छ र १३ औं जुल-हिज्जाको मग्रिबसम्म बाँकी रहन्छ। अल्लाहले भन्नु भएको छ… “आफ्नो ईश्वरको लागि सलाह पढ र बलि देऊ।” (श्रोत- सूरह अल्-कौसर : १०८/२) सलाहको अभिप्राय पर्वको सलाह र बलिको अर्थ कुर्बानी हो।
कुर्बानीको हुकुम- सक्षम व्यक्तिको लागि यो सुन्नत मुवाक्कदा हो। मुस्लिमले आफू र आफ्नो स-परिवारको तर्फबाट कुर्बानी गर्नु पर्दछ।
यदि कुर्बानी गर्ने नीयत छ भने जुल-हिज्जाको पहिलो दिनदेखि कुर्बानी नहुन्जेलसम्म कपाल, नङ्ग र शरीरका कुनै पनि रौं काट्न हुँदैन।

कुर्बानीका जनावरहरुमा हुनुपर्ने शर्तहरु-
१) चौपाया अर्थात भेंडा-बाख्रा, ऊँट र गाई मध्ये हुनुपर्छ। यी जनावर बाहेक कुनै अन्य जनावर वा चराहरुको कुर्बानी दिनु वैध छैन। एउटा भेंडा वा बाख्रा सपरिवारको तर्फबाट पर्याप्त हुन्छ। गाई र ऊँटमा सात जना सामेल हुनु जायज छ।
२) चाहिने उमेर, भेंडामा ६ महिनाको सानो पाठो, बाख्रामा एक वर्षको बाख्रा, गाईमा दुई वर्षको र ऊँटमा पाँच वर्षको हुनुपर्दछ।
३) निरोग र वाह्य खोटहरुबाट शुद्ध हुनुपर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “चारवटा जनावरको कुर्बानी हुँदैन, काना, रोगी, लंगडो र दुब्लो।” (श्रोत- निसाई : ४३७१, तिर्मिजी : १४९७)

कुर्बानीको मासुलाई के गर्नु पर्छ?

कुर्बानीको मासु बेच्न अवैध छ।
कुर्बानीको मासुलाई तीन भाग गर्नु पर्छ। एक तिहाई घरपरिवारको लागि, एक तिहाई इष्ट-मित्र र छरछिमेकको लागि र बाँकी एक तिहाई गरीब र दीन-दु:खीहरुलाई दान स्वरूप दिनु पर्छ।
कुर्बानीको लागि भरपर्दो व्यक्ति र संघ- संस्थाहरुलाई अधिकार दिन सकिन्छ। जसले कुर्बानी गराएर गरीबहरुमा बाँडि दियोस्।

देशले प्रतिबन्ध गरेका जनावरहरुको कुर्बानी नगरौं ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...