Monday 29th April 2024

भलिबल प्रतियोगिताको समय तालिका परिवर्तन, ११ र १२ अगष्टमा खेल हुने


तितोपाटी – ‘इद अल अधा’ को शुभ अवसरमा
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको समय तालिका परिवर्तन भएको छ । खेलाडीहरु र खेलप्रेमी दर्शकहरुको ड्युटीको समय लाई मध्यनजर गर्दै १२ र १३ मा आयोजना गर्न लागिएको भलिबल प्रतियोगिता ११ र १२ अगष्टमा गर्न लागिएको उपाध्यक्ष दिपक छन्त्यालले जानकारी दिएका छन । प्रायः कम्पनीमा १३ तारिक देखि ड्युटी शुरु हुने भएको हुँदा समय तालिका परिवर्तन गरिएको हो ।

उक्त खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले तितोपाटी लाई जानकारी दिएका छन ।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका  भलिबल खेलप्रेमी नेपालिहरुमा लुकेर रहेका प्रतिभा लाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो । मोना कुवेतले स्थापना भएको छोटो समयमै सामाजिक कार्य संगै भलिबल खेलमा निकै सक्रिय रुपमा आगाडी बढिरहेको छ ।

भलिबल खेलमा म्याग्दी जिल्लाका खेलाडीहरुले जुनसुकै ठाउँमा पनि निकै उत्कृष्ट खेल प्रदर्शन गर्दछन । कुवेतमा कार्यरत खेलप्रेमी खेलाडी लगायत सम्पूर्ण खेल प्रेमी नेपालिहरुलाई उक्त दिनको प्रतियोगितामा उपस्थित भइ खेलको शोभा बढाइदिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।

खेल सम्बन्धि थप जानकारीहरु :-
खेलाडी टिमको दर्ता र खेल संचालनको लागि अन्तिम सम्पर्क, मिति र समय यस प्रकारको रहेको छ ।
– टिम दर्ता अन्तिम मिति – १० अगष्ट  २०१९ बेलुका ४ बजे सम्म ।
– खेल संचालन – ११ र १२ अगष्ट २०१९, बिहान ७ बजे देखि ११:३० बजे सम्म र मध्याह्न २:३० बजे देखि पुनः शुरु हुनेछ ।
– स्थान – माबुल्ला भलिबल खेल मैदान

खेलका नियमहरु
१. खेलमा खेलाडीहरुको ९ जना सम्मको अनिवार्य नाम दर्ता गर्नु पर्नेछ ।
२. खेलाडीले खेल मैदान प्रवेश गर्नु पुर्व खेलाडीको जर्सी अनिवार्य हुनु पर्नेछ ।
३. खेल संचालन हुनु पुर्व १५ मिनेट पहिले खेलाडी खेल मैदानमा प्रवेश गर्नु पर्नेछ ।
४. निर्धारित समय सम्म खेलाडी खेल मैदानमा उपस्थित नभए तुरुन्तै वाकओभर दिइनेछ ।
५. खेल नकाउटको आधारमा खेलाइने छ ।
६. टिम दर्ता गरि सकेपछी शुल्क फिर्ता हुनेछैन ।
७. खेल संचालनमा कुनै किसिमको वाद विवाद भएमा रेफ्री र आयोजकको निर्णय अनिवार्य हुनेछ ।

सम्पर्कको लागि :-
वरिष्ठ उपाध्यक्ष – दिपक छन्त्याल – ६६०३२८८०
महासचिब – चन्द्र गोतामे – ६७७९९१२७
खेलकुद प्रमुख – तुल बहादुर पुन – ९२२०६७०२
प्रकाश सुन्दास – ९४१९७४५६
खेम परियार – ६५५१९११६
याम थापा मगर – ६०७८३२३३
अर्जुन चोखाल – ६००५६८०३
रन रसाइली – ६५१२४२०५
जस घताने
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...