Thursday 1st October 2026

कुवेतमा सवारी दुर्घटनामा फेरी २ जना नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने- कुवेतमा आज ७ अगष्ट २०१९ को दिन सवारी दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ । मृत्यु हुनेहरूमा  कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् । उनीहरूको  बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको हो।

उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलका अनुसार काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं-५१ मा मृतकहरु चढेको सबारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा सबारी साधन पार्क गरि बाहिर निसक्ने क्रममा अर्को तर्फवाट आएको ठूलो गाडीले उनिहरुलाइ लतारेको थियो। उक्त दुर्घटनामा काभ्रेका गोकर्ण घिमिरेको घटना स्थलमै तथा दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाइ अस्पतालले डिस्चार्ज गरि सकेको छ भने दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन।

सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सबारी चालकका रुपमा कार्यरत थिए। मृतक गोकर्ण घिमिरे कुवेतमै केही समय पहिले सम्म उक्त कम्पनिमै काम गरी नेपाल फर्किएका कोसेली समुहका पत्रकार बाल कृष्ण घिमिरेका भाइ हुन।

घटनाको बारेमा नेपाली राज दूताबवस कुवेतमा जानकारी आए पछी दूतावास प्रतिनिधि फर्वानिया अस्पताल पुगेर सम्पुर्ण जानकारी लिएको थियो।नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाले तितोपाटी डटकमसंग भनिन” मृतकहरुको शब पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले भोलि देखि नै काम शुरू गर्ने छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...