Monday 13th October 2025

भारतमा बस भित्रै कम्प्युटरको पढाई


तितोपाटी- भारतको राजस्थानस्थित नागौर जिल्लामा विद्यार्थीमा कम्प्युटर शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्प्युटर ल्याब भएको अत्याधुनिक मोबाइल बस निर्माण गरिएको छ ।

जिल्लाका एक सय विद्यालयमा अध्ययनरत करिब ६ हजार विद्यार्थीले यस बसमार्फत कम्प्युटर शिक्षा लिन सक्ने सूरजमल तापडिया संस्कृत महाविद्यालयका सचिव जुगल किशोर बियानीले बताए ।सूरजमल तापडिया मेमोरियल ट्रष्ट तथा सुप्रिम फाउण्डेशनको संयुक्त पहलमा कम्प्युटर ल्याब मोबाइल बस सेवा शुरु गरिएको हो । उक्त जिल्लाका ११ र १२ औँ कक्षामा अंग्रेजी, विज्ञान तथा कम्प्युटर जस्ता विषयमा विद्यार्थीका लागि ल्याब नभएकाले यस सेवाबाट ती विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

लाडनु क्षेत्रमा १ सय ९२ सरकारी विद्यालयहरु रहेका छन् । त्यहाँ एक सय विद्यालयमा ल्याब तथा अन्य आधुनिक संसाधनको अभाव रहेको छ । कम्प्युटर ल्याब मोबाइल बस हरेक दिन तीनवटा विद्यालयमा पुग्ने छ । यसको प्रयोग सफल भएको खण्डमा बसको संख्या थपिने संस्कृत महाविद्यालयका सचिव किशोर बियानीले जानकारी दिए ।

उक्त बस निर्माणका लागि ४५ लाख भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । एसी जडित सुविधायुक्त बसमा २१ वटा कम्प्युटर छन् ।बसमा एकपटकमा २१ जना विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । विद्यार्थीलाई अध्यापन गराउन हरेक विषयको तीन–तीन शिक्षकको पनि व्यवस्था गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...