Wednesday 24th December 2025

साउदी अरबको शाही आदेशपछि अब महिलाले स्वतन्त्र यात्रा गर्न पाउने


साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ । नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् ।

अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि पासपोर्टका लागि निवेदन दिन सक्छन् । यसमा महिला र पुरुषबीच भेदभाव हुनेछैन ।

शाही आदेशका अनुसार अब महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि रजिस्टर गर्ने अधिकार हुनेछ ।

साथै जागिरमा महिलालाई थप अवसर दिने कुरा भनिएको छ । नयाँ नियम अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव बिना नै काम गर्ने अधिकार हुनेछ ।

अहिलेसम्म साउदी अरबमा महिलालाई विदेश यात्रामा जान वा पासपोर्टका लागि निवेदन दिन कुनै पुरुष अभिभावक (श्रीमान्, पिता वा अन्य पुरुष आफन्त) बाट अनुमती लिनु पर्दथ्यो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यसअघि पनि विभिन्न सुधारको घोषणा गरेका थिए । यसमा महिलालाई गाडी चलाउनमा लगाइएको प्रतिबन्ध हटाउनु पनि संलग्न छ ।

सन् २०१६ मा उनले २०३० सम्म देशको अर्थव्यवस्थामा सुधारको योजनाको घोषणा गरेका थिए । यसको एउटा उद्देश्य कामकाजी महिलाको संलग्नता २२ प्रतिशतबाट बढाएर ३० प्रतिशत गर्नु थियो ।

यद्यपि, साउदी अरबमा यस्ता विभिन्न हाई प्रोफाइल मामला पनि छन् जसमा महिलाले प्रताडनाको आरोप लगाउँदै क्यान्डाजस्ता अन्य देशमा शरण मागेका छन् ।

यसै वर्ष जनवरीमा क्यानडाले १८ वर्षीया रहाफ मोहम्मद अल कुनूनलाई शरण दियो । उनी साउदी अरबबाट भागेर अष्ट्रेलिया जाने कोसिसमा थिइन् । तर थाइल्याण्डको राजधानी बैंककमा एयरपोर्टमा एक होटलमा उनी फसिन् र उनले सहायताको अपिल गरिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...