Tuesday 31st March 2026

एनसीसी कुवेतको उपाध्यक्ष पदबाट उमेश पुडासैनीको उम्मेदवारी फिर्ता


तितोपाटी – एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ ।

नयाँ बन्ने कार्य समितिमा उपाध्यक्ष पदको एक सिट छोडेर अन्य पदमा सिट अनुसारकै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष पदको लागि ३ जना उम्मेदवारहरु क्रमशः उमेश पुडासैनी, होम नाथ गिरी र राना ध्वज लामाको उम्मेदवारी परेको थियो ।

एक पदको लागि ३ जनाको उम्मेदवारी परेपछि आपसी छलफल र सहमतिमा निर्विरोध उम्मेदवार बनाउन निकै नै कसरत चलेको थियो । पुडासैनीले उम्मेदवारी फिर्ता लिएपछि अब बाँकी रहेका २ जना उम्मेदवारहरु उपाध्यक्ष पदको प्रत्यासीको रुपमा मैदानमा रहेका छन् । उनीहरु बिच पनि छिट्रटै नै सहमति हुने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...