Sunday 21st December 2025

एनसीसी कुवेतको उपाध्यक्ष पदबाट उमेश पुडासैनीको उम्मेदवारी फिर्ता


तितोपाटी – एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ ।

नयाँ बन्ने कार्य समितिमा उपाध्यक्ष पदको एक सिट छोडेर अन्य पदमा सिट अनुसारकै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष पदको लागि ३ जना उम्मेदवारहरु क्रमशः उमेश पुडासैनी, होम नाथ गिरी र राना ध्वज लामाको उम्मेदवारी परेको थियो ।

एक पदको लागि ३ जनाको उम्मेदवारी परेपछि आपसी छलफल र सहमतिमा निर्विरोध उम्मेदवार बनाउन निकै नै कसरत चलेको थियो । पुडासैनीले उम्मेदवारी फिर्ता लिएपछि अब बाँकी रहेका २ जना उम्मेदवारहरु उपाध्यक्ष पदको प्रत्यासीको रुपमा मैदानमा रहेका छन् । उनीहरु बिच पनि छिट्रटै नै सहमति हुने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...