Thursday 6th August 2026

एनआरएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनको तयारी पुरा


तितोपाटी – गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन  आगामी ०२ अगष्ट २०१९ का दिन कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुने भएको छ भने छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कुरा एनसीसी कुवेतका महासचिव हरि लावतीले जनाएका छन् । एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष, महासचिव तथा मध्यपुर्वका अरू देशका एनआरएन प्रतिनिधिहरू पनि उपस्थित हुने कार्यक्रम रहेको छ ।

उक्त महाधिवेशनले एनसीसी कुवेतको नया कार्यकाल २०१९-२०२१ को लागि नया कार्यसमिति चयन गर्नेछ । यस पटकबाट अनलाइन पद्दतीलाइ कार्यन्वयनमा ल्याएको गैर आवासीय नेपाली संघले विश्व भरबाट अनलाइन माध्यमबाट भरेका पञ्जिकृत फारामका डाटा अनुसार हरेक देशका सदस्यहरूलाइ बैधता दिने छ भने कुवेतमा पनि छैटाैं महाधिवेशनको लागि अनलाइन फाराम भरेका ब्यक्तिहरूले मात्र महाधिवेशन प्रतिनीधिको रूपमा कार्यक्रम हलमा प्रवेश पाउने एनसीसी कुवेतले जनाएको छ ।

छैटाैं राष्ट्रिय महाधिवेशनको लागि  कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सूचना तथा निमन्त्रणा पठाई सकिएको जनाउँदै यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः

समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...