Tuesday 31st March 2026

कुवेतबाट उद्दार गरिएकी चेलीलाइ बिश्वकर्मा हेल्पिङ ह्यण्ड कुवेतले गर्यो सहयोग


तितोपाटी – बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतले करिब एक महिना  अगाडि उद्दार गरि पठाएकी एक नेपाली चेलीलाइ आर्थकि सहयोग गरेको छ । समाजले उद्दार गरि नेपाल पठाएपछि हाल धाैलागिरी अञ्चल अस्पतालमा निःशुल्क उपचाररत रहेकी पर्वतकी सुमित्रा बिकलाइ २ लाख पैंतिस हजार रूपैयाँ सहयोग गरेको हो । सो सहयोग रकम बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतले कुवेतमा कृयाशिल विभिन्न संघ सँस्था तथा ब्यक्ति ब्यक्तित्वहरू तथा संस्थाका सदस्यहरूमार्फत सहयोग प्राप्त गरि संकलन गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा कुवेतआएर गम्भीर बिरामी परेकी पर्वत जिल्ला मोदी गाउँपालिका  घर भएकी २९ वर्षीया सुमित्राको कुवेतमा उपचार सम्भव नभएपछि बिश्वकर्मा हेल्पिङ्ग ह्याण्ड अराउन्ड वर्ल्ड कुवेतले पीडित सुमित्रालाइ उद्दार गरी नेपाल पठाउनको लागी सहयोग संकलन अभियान संचालन गरि सो अभियानबाट  ११०० कुवेती दिनार अर्थात तत्कालिन समयको सटही दरमा नेपाली रूपैयाँ ३९७१०० संकलन भएको थियो भने तीन जनाको टिकट र अन्य सम्पूर्ण खर्च गरि बाँकी रकम २३५०००।- अक्षेरुपि दुई लाख पैतिस हजार हजार नेपाली निज सुमित्राको नामको बैंक खातामा जम्मा गरिएको कुरा बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतका संयोजक नवल खड्काथोकीले तितोपाटी डट कम लाइ जानकारी गराए ।

बिश्वकर्मा हेल्पिङ हयाण्ड कुवेतको अगुवाइमा उद्दार र सहयोग गरिएकी सुमित्राले हाल धाैलागिरी अञ्चल अस्पतालका डा. सैलेन्द्र बिक पोखरेलको समन्वयमा धाैलागिरी अञ्चल अस्पतालमा निःशुल्क उपचार प्राप्त गरिरहेकी छिन् भने अति विपन्न परिवारकी उनको उपचारको क्रममा आवश्यक चेक जाँचको लागि काठमाण्डाैं स्थित ट्रमा सेन्टरमा लैजानु पर्ने भएपछि धाैलागिरी अञ्चल अस्पतालका स्टाफहरूले समेत ४३००० हजार सहयोग गरेको कुरा बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड का संस्थापक कृष्ण गहतराज मार्फत जानकारी  पाएको कुरा बिश्वकर्मा हेल्पिङ ह्याण्डका कुवेत प्रमुख नबल खड्काथोकी बिकले जानकारी दिए ।

बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतले मानविय सेवाको कार्य गर्नको लागि कुनै जात, वर्ग, समुदाय, क्षेत्र वा धर्म सम्प्रदाय नछुट्याइ कार्य गर्ने जनाउँदै सुमित्रा बिकको राहत उद्दारको लागि आर्थिक सहयोग संकलन अभियानमा स्वस्फुर्त रूपमा सहभागी भइ सहयोग गर्नु हुने दाता संघ-सँस्था, ब्यक्ति विशेष तथा सहयोग अभियानमा खटेर सहयोग संकलन गर्नुहुने सहयाेगी मनहरू सबैमा मुरीमुरी धन्यवाद दिँंदै आगामी दिनमा पनि यस्तै साथ सहयोग र समर्थनको अपेक्षा गरेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...