Saturday 27th July 2024

साप्ताहिक राशिफल(श्रावण १० गते देखि १६ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

रातो पहिरनले अपेक्षा गरेजस्तै परिणाम प्राप्त गर्न सहयोग पुर्‍याउनेछ । अग्रजहरूसँग अनुभव हासिल गरी नयाँ अवसर पहिल्याउन सकिनेछ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । सवारी साधन खरिद गर्ने योजना अभिभावकहरूबाट अनुमोदन हुन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्य बाधा सिर्जना होला ।

मिथुन

कुनै नयाँ योजना सम्पन्न गर्न प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन्, समस्याको गाँठो फुकाउन आर्थिक सहयोगसमेत पाइनेछ । अरूले गरेको छलकपटले आफूलाई पिरोल्न सक्छ । साताको अन्त्यमा घरायसी सामग्री खरिद गर्दै भोज भतेर तथा मनोरञ्जनमा समय खर्चनुपर्ला ।

सिंह

सरोकार नभएका विषयमा चासो राख्दा समस्या आइलाग्न सक्छ । जिद्दी गर्दै गल्ती सच्याउने प्रयास नगर्ने हो भने पछि परिएला । अनुशासन एवं मर्यादा पालनले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । रिस गर्नेहरू सलबलाउन सक्छन् । साताको अन्त्यमा यात्राको साइत जुर्ने देखिन्छ ।

तुला

मित्रहरूले अपेक्षा गरेजस्तो सहयोग नगर्दा रोजगारीको अवसर गुम्ने अवस्था छ । आर्थिक कारोबारमा प्रगति गर्दै लगानीअनुरुप लाभ लिन सकिनेछ । विलासिताका सामग्री खरिद गर्न आकर्षित भइनेछ । अभिभावकहरूले आफ्नो भावना अनुरुप सहयोग गर्नेछन् । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ ।

धनु

मनको भय उत्साहमा परिणत हुनेछ । काम गर्ने हौसला प्राप्त हुदाँ नयाँ क्षेत्रमा सामूहिक लगानी गरिनेछ । पूर्वपरिचित सहपाठीबाट विगतदेखि नै मन पराएको रहस्य खुलासा होला । पूर्वतर्फको यात्रा गर्दा विशेष लाभ हुनेछ । निर्णयमा विलम्ब नगर्नुहोला ।

कुम्भ

प्रेम प्रसंगमा दुविधा उत्पन्न हुन सक्छ । साथीको विशेष भूमिकाले विवाद मत्थर बनाउनेछ । तपाईंको उन्नति देखेर ईष्या गर्नेहरू छटपटाउनेछन् । पारिवारिक सल्लाहबेगर गरिएको आर्थिक कारोबारले झमेला सिर्जना गर्न सक्छ । वातावरणीय हेरफेरले स्वास्थ्य प्रतिकूल बनाउला ।

वृष

आफ्नो लगनशीलताको बलमा प्रतिष्ठित कार्य गर्न सकिनेछ । आफ्नो हठ र जिद्दीले कुनै फाइदा पुर्‍याउने छैन । स्वास्थमा विशेष ध्यान दिनुपर्नेछ । अध्ययनका क्रममा विदेश यात्राको साइत तय हुनेछ । साताको अन्त्यमा आफ्नो कामको परिणाम हात लाग्न सक्छ ।

कर्कट

आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । मेहनतले जीवनशौलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउनेछ । मन पराउनेहरूले उपहार प्रदान गर्न सक्छन् । आफ्न्तजनसँग रमाइलो यात्रा हुने सम्भावना छ ।

कन्या

डाहा गर्नेहरूले भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । खानपानको समय तालिका फेरबदल हुँदा स्वास्थ बाधाले सताउन सक्छ । विपरीत लिंगीबाट नौलो प्रस्ताव प्राप्त हुनेछ । कुनै पनि निर्णयमा ढिलाइ नगर्नुहोला । सबै खालका अवरोध निर्मूल पार्न विपरीत लिंगीको प्रेरणाले सहयोगी भूमिका निर्वाह गर्नेछ ।

वृश्चिक

मन मिल्ने साथी फेला पर्नेछन् । कसैसँगको भावनात्मक गाँठो अझ कसिलो हुनेछ । सोमबार पछिका दिन निर्णायक हुनेछन् । देखासिकी गर्नेहरूका अगाडि सजक भै कार्य सम्पन्न गर्नुपर्नेछ । मनोरञ्जनमा गर्दा उचित स्थान छनौट गर्नुहोला । साताको अन्त्यमा भोज भतेरमा सहभागी भइनेछ ।

मकर

परिस्थिति अनुकूल भए पनि भविष्यको चिन्ताले सताउन सक्छ । जीवनशैलीमा परिर्वतन ल्याउन थप मेहनतको आवश्यकता छ । पुराना कामबाट प्राप्त प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । अभिभावकहरूको सहयोगमा व्यवसायमा राम्रै लगानी गर्न सकिनेछ ।

मीन

कुरा काट्नेहरू सलबलाएको अवस्था छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । मनभित्र उब्जिएको चञ्चलतामा संयमित रहनुमै आफ्नो कल्याण हुनेछ । अधुरा कार्यहरू क्रमिक रुपमा सुचारु हुनेछन् । राति अवेरसम्म बाहिर बस्दा विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...