Friday 27th March 2026

सुनिता अधिकारीको तीज गीत “चुरा” युटुबमार्फत सार्वजनिक


डिबि बुढाथोकी – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युटयुव तिजमय बनेको छ। दिनहुँ एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले “चुरा” नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली संगीतको बजारमा युटुबमार्फत दर्शक सामु ल्याएकी छिन्।

यो गित अत्यन्तै राम्रा तिज गितहरु मध्येको उत्कृष्ट सूचिमा पर्ने निकै संभावना बोकेको देखिन्छ। यो गित आजै अर्थात श्रावण १० गत्ते रिलीज भएको र छोटो समयमै धेरैको रोजाईको पोल्टामा परिसकेको छ।

गितको शब्द लयमा अत्यन्तै मिठासले भरिएको यो गित नेपाली लोक गितसँगितमा स्वरको जादु छर्दै मिठास स्वरले लठ्ठ पार्ने चर्चित गायिका सुनिता अधिकारीको स्वर साथै अभिनय रहेको छ।  शब्द गणेश पाण्डेको, संगित शिव हमालको रहेको यो गितमा निर्देशन प्रकाश भट्टले गरेका छन् भने एरेन्जमा कृष्णले गरेको यो गितको छायांकन : राजेस घिमिरे गरेका हुन्।

मारुनी रेकर्डिङ स्टुडियोले बजारमा लिएर आएको नदि है सलीसली बगि आउने तिज गित पनि निकै नै आकर्षक बनेको छ । यसरी नै सुनिता अधिकारीको सांगितीक यात्राले दिनप्रतिदिन सफलताको शिखर चुम्न पुगोस् भन्दै शुभकामना प्रदान गर्दछौं।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...