Tuesday 31st March 2026

एनसीसी कुवेतको युवा संयाेजक पदबाट बुद्धिमान तामाङको उम्मेदवारी फिर्ता


तितोपाटी – गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले  उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले  गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाइ उम्मेदवारी फिर्ता गर्न अाज सम्मको समय दिएको थियो । यस बिचमा युवा संयाेजक पदका अर्का प्रत्यासी उम्मेदवार नबराज पराजुलीलाइ समर्थन गरी बुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिए पछि युवा संयाेजक पदका अर्का प्रत्यासी नबराज पराजुली अागामी कार्यकालका लागि युवा संयोजक पदका लागि सर्वसम्मत भएका हुन् ।

स्मरण रहोस एनअारएनए एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशन अागामी २ अगष्ट २०१९ तारिक शुक्रबारका दिन कुवेतको मालिया सिटी स्थित IN & GO Hotel मा हुँदैछ ।

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...