Friday 20th March 2026

चन्द्रमामा मानिसले पाइला टेकेको ५० वर्षपछि भारतले अन्तरिक्षमा चन्द्रयान पठायो


तितोपाटी – भारतले सोमवार चन्द्रयानलाई सकुशल अन्तरिक्षमा प्रक्षेपण गरेको छ । मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गराउने भारतको योजना रहेको छ । यो अभियानअन्तर्गत चन्द्र सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ । भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट आइतबार दिनको ठीक २ः४३ मा ल्यान्डर विक्रम र रोवर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको होे । एक साताअघि प्रक्षेपणका लागि तयारी रहेका बेला इन्जिनमा रहेको हिलियम ग्याँसको बोतलमा चुहावट देखिएका कारण उडान रद्द गरिएको थियो ।

जुलाई १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) का प्रमुख अधिकारी के सिवनले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताएका थिए ।

सफल प्रक्षेपणपछि उनले भने, ‘भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जीएसएलवी एमके–तृतीय प्रयोग गरी चन्द्रयान–२ लाई पृथ्वीको कक्षमा पु¥याउनेछ । चन्द्रमाका लागि यो भारतको ऐतिहासिक यात्रा हुनेछ र यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरी चन्द्रमासँग सम्बन्धित वैज्ञानिक नयाँ अनुसन्धान अघि बढाइनेछ ।’

विक्रमले २७ किलो तौल भएको चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ भने उसले चन्द्रमाको भूसतहको अन्वेषण गर्नेछ । त्यस्तै १४ दिनमा प्रज्ञान नामक वाहनले चन्द्रमाको सतहमा करिब आधा किलोमिटर यात्रा गरी त्यहाँका तस्वीर खिची पृथ्वीमा अध्ययनका लागि पठाउनसक्ने इसरोले जनाएको छ ।

अन्तरिक्षयान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने इसरोले बताएको छ । भारतले परियोजनाका लागि १५ करोड अमेरिकी डलर खर्च गरेको छ । यानको तौल ६४० टन रहेको छ ।

सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिक टोलीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...