Tuesday 23rd December 2025

कम्युनिस्ट र समाजवाद चाहनेलाई ट्रम्पको देश छोड्न चेतावनी


तितोपाटी- समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् ।

ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।उनले यसबाट खुसी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको भन्दै त्यो उनीहरुको एक्लो छनौट हुने बताएका छन् ।केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको बताएका छन् । उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको आरोप लगाएका छन् ।

अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै उनले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दावीसमेत गरेका छन् ।

साभार अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...