Friday 7th November 2025

देखाउ – जानकी जानु बिश्वकर्मा


नारी बिना घर संसार चल्छ भनी चलाइ देखाउ ।
दुइटा मुढा चुलोमा राखी जल्छ भनी जलाइ देखाउ ।।

यस्ता मुला घरको काम भनी निकै धाक लगाउँछौ
गोठको मल खेतको माटो गल्छ भनी गलाइ देखाउ ।।

बायाँ हातको खेल हो भन्छौ मेलापात बन जंगल
रुखको घाँस बनको दाउरा ढल्छ भनी ढलाइ देखाउ ।।

कुरै मात्र ठूलो गरि भकारीमा धान त्यसै आउन्न
बारीमा मकै खेतमा धान फल्छ भनी फलाइ देखाउ ।।

न घर चल्छ न बन चल्छ नत तिम्रो जीवन चल्छ
नारी बिना सिंगो जीवन चल्छ भनी चलाइ देखाउ ।।


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...