Tuesday 31st March 2026

देखाउ – जानकी जानु बिश्वकर्मा


नारी बिना घर संसार चल्छ भनी चलाइ देखाउ ।
दुइटा मुढा चुलोमा राखी जल्छ भनी जलाइ देखाउ ।।

यस्ता मुला घरको काम भनी निकै धाक लगाउँछौ
गोठको मल खेतको माटो गल्छ भनी गलाइ देखाउ ।।

बायाँ हातको खेल हो भन्छौ मेलापात बन जंगल
रुखको घाँस बनको दाउरा ढल्छ भनी ढलाइ देखाउ ।।

कुरै मात्र ठूलो गरि भकारीमा धान त्यसै आउन्न
बारीमा मकै खेतमा धान फल्छ भनी फलाइ देखाउ ।।

न घर चल्छ न बन चल्छ नत तिम्रो जीवन चल्छ
नारी बिना सिंगो जीवन चल्छ भनी चलाइ देखाउ ।।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...