Thursday 15th January 2026

कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु


तितोपाटी – कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु भएको खबर तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।सोही अस्पतालमा कार्यरत एक नेपाली कामदारले तितोपाटी डट कम लाइ भागिरथ चापागाइको मृत्युको खवर दिएका हुन् । यस बारेमा नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर विस्तृत जानकारी गराउने प्रयास भैरहेको छ ।

भागिरथ चापागाइ वेदेशिक रोजगारीको शिलशिलामा कुवेत आइ करिब अढाइ वर्ष भन्दा अगाडि एक सडक दुर्घटनामा परि अल-आदान अस्पतालमा अर्धचेत अबस्थामा उपचाररत थिए ।

भागिरथको मृत्युको बारेमा अन्य जानकारी प्राप्त भएपछि तितोपाटि डट कम बाट अपडेट गरिनेछ । तितोपाटी डट कम हेर्दै गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...