Thursday 2nd May 2024

आदिवासी जनजाति महासंघ कुवेतले २५ औ विश्व आदिवासी दिवस मनाउने


तितोपाटी- कुवेतमा यस वर्ष पनि आदिवासी जनजाति महासंघ कुवेतले ’ २५ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्यताका साथ मनाउने तयारी शुरु गरेको छ । बिगत वर्षको भन्दा केहि फरक तरिकाले कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्नको लागि यस कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी संघका महासचिव मन्जित राईले जानकारी गराएका छन्।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मुल नाराका साथ आदिवासी जनजाति महासंघ कुवेतले “२५औं बिश्व आदिवासी दिवस” भव्यताका साथ मनाउन लागेको हो ।

आयोजक आदिवासी जनजाति महासंघ कुवेतले कुवेतमा रहेका सम्पुर्ण आदिवासी जनजाति, नेपालि दाजुभाइ तथा दिदीबहिनीहरु लाइ ९ अगष्ट २०१९ शुक्रबारको दिन समय दिउस १२ बजे युनिक अडिटोरियम हल फर्वानियामा, आ-आफ्ना संस्कृति झल्काउने भेषभूषा पहिरनको साथ उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

आयोजक आदिवासी जनजाति महासंघ कुवेतले यसै समाचार मार्फत कुवेतमा रहेका सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदीबहिनी ,मिडियाकर्मी , कुवेत स्थित सम्पूर्ण संघ सस्थाहरु राजनैतिक पार्टीका भातृ सगठन तथा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली समुदायमा यसै सुचना मार्फत गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । उक्त कार्यक्रममा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति तथा नेपालि मौलिकता झल्काउने नृत्यको पनि  प्रस्तुति रहने भएको छ।

कार्यक्रमको विवरण

मिति : ९ अगष्ट २०१९ शुक्रबार

समय : दिनको ठिक १२ बजे

स्थान : युनिक अडिटोरियम हल फर्वानिया कुवेत

आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...