Friday 20th March 2026

कुवेतमा आगलागीमा परि ३ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि


तितोपाटी डट कम – गत जुलाइ १२, शुक्रबार,२०१९ का दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागीमा परि १ पुरुष र २ महिला गरि ३ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ ।

आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको बीभत्स अगलागीमा परि सर्लाहीका २९ बर्षिय बिजय बैठा, नेपालको घर ठेगाना पत्ता लाग्न बाँकी रहेकी अप्सरा कामी तथा गौरी दर्जीको म्रुत्यु भएको हो । यसरी मृत्यु हुने राहदानी नं ०६१६३१८१ का बिजय बैठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत रहेको बिबरण प्राप्त भए पनि घरेलु महिला कामदारका रुपमा काम गर्दै गरेका मृतक अप्सरा कामी तथा गौरी दर्जीको पुर्ण बिबरण भने आउन बाँकी छ।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम संग भने, आगलागीमा परि कुवेतमा कार्यरत ३ नेपाली कामदारहरुको दुखद निधन भएको पुष्टि भएको छ। साथै केही नेपालीहरु घाइते भएर कुवेतको आदान अस्पतालमा राखिएको प्रारम्भिक जानकारी आएकोले नेपाली दूतावास कुवेतका प्रतिनिधि छिट्टै उक्त अस्पतालमा गई पुर्ण जानकारी लिईने छ। साथै कुवेतको सम्बन्धित सरकारी निकायहरु र मृतक तथा घाइतेहरु काम गर्ने कम्पनी वा स्पोन्सरहरुसंग समन्वय गरि सम्पुर्ण कानुनी प्रकृया, घाइतेहरुलाइ उपचार तथा मृतकहरुले पाउने बिमा रकम सम्बन्धित परिवारहरुसंग सम्पर्क गरि दाबी गर्ने तर्फ नेपाली दूतावासले प्रकृया थाली सकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...