Thursday 1st October 2026

कुवेतको माहबुल्लाको आप्रवासी फ्ल्याटमा आगलागी, धेरै मानिस हताहत भएको आशंका


तितोपाटी – संसारकै उच्च तापमान भएको मध्यपुर्वको देश कुवेतको माहबुल्ला भन्ने स्थानमा हिँजो जुलाइ १२ तारिक शुक्रबार राती १० बजे आप्रवासी कामदारहरूको बसोवास रहेको एक आवास गृहमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक हुन गइ आगलागी हुँदा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ ।

माहबुल्लाको ब्लक-२ स्थित उक्त भवनमा आगलागी भएपछि अहमदी गभर्नरेट अन्तर्गतको अग्नि नियन्त्रण विभागले आगो निभाएको थियो । अनलाइन सामाजिक पोर्टल Ayman Mat मा जनाइए अनुसार ३ जनाको मृत्यु भएको बताइएको छ भने अन्य सामाजिक पोर्टलले दर्जनाै मानिसहरूको ज्यान गएको त्यस मध्येमा २ जना महिला र एक जना पुरूष गरि ३ जना नेपालीको ज्यान गएको बताइए पनि आधिकारिक पुष्टि गर्ने गरी कहिँ कतै समाचार भने प्रकाशित भएको छैन ।

आगलागी भएको भवन कम्पनीको आवास गृह वा पारिवारिक आवास गृह के हो भन्ने नखुले पनि सामाजिक संजालमा पोष्ट भएका आगलागी पछिका दृष्य देख्दा पारिवारिक आवास गृह जस्तो देखिने उक्त स्थानमा काठको पाटेशन बनाएर आप्रवासीहरू बसेको अनुमान लगाउन सकिने भएकोले धेरै आप्रवासीहरू उक्त आगलागीमा परेर जल्ने वा निसास्सिएर गम्भीर घाइते भएको भएको हुन सक्ने भए पनि के कति हताहत भए भन्ने आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

उक्त दुर्घटनाको बारेमा नेपाली राजदूतावासमा सम्पर्क गर्दा आगलागीको सम्बन्धमा दूतावासलाइ जानकारी प्राप्त भएको तथा २ महिला र १ पुरूष गरि ३ जनाको मृत्यु भएको खबर प्राप्त भए पनि मृतकहरू नेपाली नागरिकहरू हुन वा अन्य देशका नागरिक हुन भन्ने विवरण प्राप्त नभएको कुरा द्वित्तीय सचिव जानकी ओझाले तितोपाटी डट कम सँगको कुराकानीमा बताइन ।

थप जानकारीको लागि कोसेलीन्यूज हेर्दै गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...