Monday 12th January 2026

कुवेतको माहबुल्लाको आप्रवासी फ्ल्याटमा आगलागी, धेरै मानिस हताहत भएको आशंका


तितोपाटी – संसारकै उच्च तापमान भएको मध्यपुर्वको देश कुवेतको माहबुल्ला भन्ने स्थानमा हिँजो जुलाइ १२ तारिक शुक्रबार राती १० बजे आप्रवासी कामदारहरूको बसोवास रहेको एक आवास गृहमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक हुन गइ आगलागी हुँदा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ ।

माहबुल्लाको ब्लक-२ स्थित उक्त भवनमा आगलागी भएपछि अहमदी गभर्नरेट अन्तर्गतको अग्नि नियन्त्रण विभागले आगो निभाएको थियो । अनलाइन सामाजिक पोर्टल Ayman Mat मा जनाइए अनुसार ३ जनाको मृत्यु भएको बताइएको छ भने अन्य सामाजिक पोर्टलले दर्जनाै मानिसहरूको ज्यान गएको त्यस मध्येमा २ जना महिला र एक जना पुरूष गरि ३ जना नेपालीको ज्यान गएको बताइए पनि आधिकारिक पुष्टि गर्ने गरी कहिँ कतै समाचार भने प्रकाशित भएको छैन ।

आगलागी भएको भवन कम्पनीको आवास गृह वा पारिवारिक आवास गृह के हो भन्ने नखुले पनि सामाजिक संजालमा पोष्ट भएका आगलागी पछिका दृष्य देख्दा पारिवारिक आवास गृह जस्तो देखिने उक्त स्थानमा काठको पाटेशन बनाएर आप्रवासीहरू बसेको अनुमान लगाउन सकिने भएकोले धेरै आप्रवासीहरू उक्त आगलागीमा परेर जल्ने वा निसास्सिएर गम्भीर घाइते भएको भएको हुन सक्ने भए पनि के कति हताहत भए भन्ने आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

उक्त दुर्घटनाको बारेमा नेपाली राजदूतावासमा सम्पर्क गर्दा आगलागीको सम्बन्धमा दूतावासलाइ जानकारी प्राप्त भएको तथा २ महिला र १ पुरूष गरि ३ जनाको मृत्यु भएको खबर प्राप्त भए पनि मृतकहरू नेपाली नागरिकहरू हुन वा अन्य देशका नागरिक हुन भन्ने विवरण प्राप्त नभएको कुरा द्वित्तीय सचिव जानकी ओझाले तितोपाटी डट कम सँगको कुराकानीमा बताइन ।

थप जानकारीको लागि कोसेलीन्यूज हेर्दै गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...