Monday 19th October 2026

पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी


तितोपाटी – पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् ।

उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् । दोस्रो स्थानमा पर्न सफल काइली जेनर पहिले देखि नै सबैभन्दा कम उमेरमा आफ्नै बलबुतामा बिलेयनियर बन्न सफल व्यक्तिको सूचीमा छिन् ।

यस्तै, तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् । टेलरले सन् २०१८ मा रेप्युटेशन स्टेडियम टुरबाट पश्चात् आर्जन गरेको सम्पत्तिले उनलाई शीर्ष स्थानमा पुर्याएको बताइन्छ । उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने भ्रमणको संज्ञा दिएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...