Thursday 18th December 2025

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता विच भिडन्त, दुबै तर्फ १-१ जनाको मृत्यु


तितोपाटी – भोजपुर जिल्लाको भोजपुर बजारमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच साेमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ।  त्यस्तै प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइकाे मृत्यु भएकाे हाे।

त्यस्तै घटना स्थलबाट प्रहरीले लाेडेड चाइनिज पेस्ताेल र त्यसमा लाग्ने ६ रउन्ड गाेली बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...