Tuesday 31st March 2026

लालीगुराँस सांस्कृतिक परिवारले ४ अक्टोबर २०१९ मा दशहरा सांगीतिक धमाका गर्ने


तितोपाटी – लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन  सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रवासमा रहेर पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनको लागि नेपालका हरेक सांस्कृतिक पर्वहरू मनाउँदै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले दशैं विशेष सांगीतिक कार्यक्रम विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भव्यताका साथ मनाउन लागेको कुरा उक्त सँस्थाका अध्यक्ष माधव पाैडेल “असलयात्री”ले तितोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् ।

“हाम्रो सांस्कृतिक हाम्रो परम्परा” भन्ने मूल नाराका साथ २०१० मा स्थापित यस संस्थाले प्रवासमा रहेर नेपालबाट अतिथि कलाकारहरू कुवेतमा ल्याइ विभिन्न सांगीतिक प्रस्तुति मार्फत कुवेतवासी नेपालीहरूलाइ मनोरञ्जन प्रदान गरी नेपाली कला र साँस्कृतिकको जगेर्णा गर्नुका साथै स्वदेश तथा विदेशमा विभिन्न किसिमले प्रताडित बनेका र विपतमा परेकाहरूलाइ सहयोग गर्दै आइरहेको छ । यस पटकको दशैं विशेष प्रस्तुतिको लागि पनि नेपालबाट अतिथि कलाकार ल्याउने विषयमा छलफल भैरहेको बताउँदै सम्भव भए सम्म अतिथि कलाकार, लालीगुराँस सांस्कृतिक परिवारका कलाकारहरू र कुवेतमा कार्यरत सम्पुर्ण कलाकारहरूको सांगीतिक प्रस्तुतिमा आयोजना गर्न लागेको पनि अध्यक्ष पाैडेलले बताए ।

दशैं विशेष उक्त सांगीतिक कार्यक्रममा उपस्थितिको लागि नेपाली राजदूतावास कुवेत, कुवेतमा रहेका कृयशिल संघ-सस्थाका पदाधिकारीहरु, विभिन्न संचार गृहमा सेवारत पत्रकारहरू, समाजसेवी, बुद्धिजीवि, साहित्यकर्मी, कलाकार, खेलाडी लगायत सबैलाइ पछि पत्राचार गरिने जनाउँदै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितका लागी हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत कसैले कुनैपनि कार्यक्रम नाजुधाइ दिनुहुन लालीगुराँस सांस्कृतिक परिवारले बिनम्र आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...