Tuesday 13th January 2026

गायक रमेश कार्कीको “ओइ ओइ भनेर” ओएसआर डिजिटल मार्फत बजारमा


तितोपाटी – गायक रमेश कार्कीको “ओइ ओइ भनेर” बोलको पप आधुनिक प्रेमरसले भरिपुर्ण गीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा आएको छ । गायकको उक्त गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलमार्फत गत हप्ता मात्रै सार्वजनिक भएको हो ।

गायक कार्कीको उक्त गीतको म्यूजिक भिडियोमा नायिका तथा मोडल आँचल शर्मा र सरोज मोक्तानको अभिनय रहेको छ भने अभिनय मार्फत दुबै कलाकारले गीतलाइ न्याय दिलाएका छन् । म्यूजिक भिडियोको निर्देशन राजिब समरले गरेका छन् ।

शब्द, संगीत र एरेन्जमन्ट बबुल गिरीले गरेको उक्त भिडियो साउण्डमिल स्टुडियोका रेकर्डिष्ट फुर्वा तामाङले रेकर्ड गरेका हुन भने सरस्वती श्रेष्ठको निर्माण र विवेक सुनारको दृष्य सम्पादनमा बनेको उक्त भिडियो महेश्वर मान राजभण्डारीले मिक्सिङ गरेका हुन् ।

म्यूजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोलाः


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...