Sunday 14th June 2026

लुम्बिनी समाजको चाैथो अधिवेशन आगामी १६ अगष्ट २०१९ मा हुने


तितोपाटी – लुम्बिनी समाज नेपाल-कुवेतको चाैथो अधिवेशनआगामी १६ अगष्ट २०१९ शुक्रबारका दिन हुने भएको छ । समाजका महासचिव नेत्र पेमी मगरले तितोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका छन् ।लुम्बिनीको सेरोफेरोमा घर भइ रोजगारिको शिलशिलामा कुवेतमा रहेका नेपालीहरूलाइ एकतावद्ध गरी प्रवासबाट लुम्बिनी क्षेत्रको सर्वांगिण विकासमा हातेमाले गर्ने उद्देश्य सहित सन २०१३ मा गठित समाजले प्रवासबाट विभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको छ भने चाैथो अधिवशेनको अबसर पारेर कुवेतमा रहेका सबै लुम्बिनीबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ समाजमा आवद्ध हुन अनुरोध समेत गरेको छ ।

आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल-कुवेतले प्रवासबाट बिभिन्न किसिमले पीडित बनेकाहरूको सफल उद्दार र स्वदेशमा विपद व्यवस्थापन, अति विपन्न वर्गका सिमान्तकृत विद्यार्थीहरूका लागि शैक्षिक सहयोग कार्यक्रम तथा विभिन्न सामाजिक सहयोगका कार्यहरू गर्दै आए पनि बहुचर्चित भागिरथ बचाउ अभियानमा भने केहि मात्रामा विवादास्पद बन्न पुग्यो ।

लुम्बिनी समाजको चाैथो अधिवेशनको मिति तोकिसके पनि स्थान भने तय नभइ सकेकोले अर्को सूचना जारी गरि जानकारी गरिने जनाउँदै लुम्बिनी समाज नेपाल-कुवेतकाे चाैथो अधिवेशनमा उपस्थितिका लागि कुवेतमा रहेको नेपाल सरकारको प्रतिनीधिमुलक कुटनीतिक निकाय नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्था, पत्रकार, बुद्धिजीवि, समाजसेवी, सामाजिक अभियन्ता, कलाकार, खेलाडी, साहित्यकर्मी लगायत सबैलाइ पत्राचार गरिने जनाउँदै सबैलाइ अधिवेशन कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत सबैमा अन्य कुनै कार्यक्रम नजुधाइ दिनु हुन पनि लुम्बिनी समाज नेपाल कुवेतले आग्रह गरेको छ ।

चाैथो अधिवेशन कार्यक्रमको विवरणः

अधिवेशन गरिने स्थानः तय नभएको ।

अधिवेशनको मितिः १६ अगष्ट २०१९ शुक्रबार ।

समयः दिनको ११ः३० बजे ।

आयोजकः लुम्बिनी समाज नेपाल-कुवेत परिवार

विस्तृत जानकारीको लागि सम्पर्कः ६६९७०३७६(66970376) तथा ६६०७६१८२(66076182) मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...