Saturday 18th May 2024

लुम्बिनी समाजको चाैथो अधिवेशन आगामी १६ अगष्ट २०१९ मा हुने


तितोपाटी – लुम्बिनी समाज नेपाल-कुवेतको चाैथो अधिवेशनआगामी १६ अगष्ट २०१९ शुक्रबारका दिन हुने भएको छ । समाजका महासचिव नेत्र पेमी मगरले तितोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका छन् ।लुम्बिनीको सेरोफेरोमा घर भइ रोजगारिको शिलशिलामा कुवेतमा रहेका नेपालीहरूलाइ एकतावद्ध गरी प्रवासबाट लुम्बिनी क्षेत्रको सर्वांगिण विकासमा हातेमाले गर्ने उद्देश्य सहित सन २०१३ मा गठित समाजले प्रवासबाट विभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको छ भने चाैथो अधिवशेनको अबसर पारेर कुवेतमा रहेका सबै लुम्बिनीबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ समाजमा आवद्ध हुन अनुरोध समेत गरेको छ ।

आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल-कुवेतले प्रवासबाट बिभिन्न किसिमले पीडित बनेकाहरूको सफल उद्दार र स्वदेशमा विपद व्यवस्थापन, अति विपन्न वर्गका सिमान्तकृत विद्यार्थीहरूका लागि शैक्षिक सहयोग कार्यक्रम तथा विभिन्न सामाजिक सहयोगका कार्यहरू गर्दै आए पनि बहुचर्चित भागिरथ बचाउ अभियानमा भने केहि मात्रामा विवादास्पद बन्न पुग्यो ।

लुम्बिनी समाजको चाैथो अधिवेशनको मिति तोकिसके पनि स्थान भने तय नभइ सकेकोले अर्को सूचना जारी गरि जानकारी गरिने जनाउँदै लुम्बिनी समाज नेपाल-कुवेतकाे चाैथो अधिवेशनमा उपस्थितिका लागि कुवेतमा रहेको नेपाल सरकारको प्रतिनीधिमुलक कुटनीतिक निकाय नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्था, पत्रकार, बुद्धिजीवि, समाजसेवी, सामाजिक अभियन्ता, कलाकार, खेलाडी, साहित्यकर्मी लगायत सबैलाइ पत्राचार गरिने जनाउँदै सबैलाइ अधिवेशन कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत सबैमा अन्य कुनै कार्यक्रम नजुधाइ दिनु हुन पनि लुम्बिनी समाज नेपाल कुवेतले आग्रह गरेको छ ।

चाैथो अधिवेशन कार्यक्रमको विवरणः

अधिवेशन गरिने स्थानः तय नभएको ।

अधिवेशनको मितिः १६ अगष्ट २०१९ शुक्रबार ।

समयः दिनको ११ः३० बजे ।

आयोजकः लुम्बिनी समाज नेपाल-कुवेत परिवार

विस्तृत जानकारीको लागि सम्पर्कः ६६९७०३७६(66970376) तथा ६६०७६१८२(66076182) मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...