Saturday 24th October 2026

कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु


तितोपाटी – कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिक को हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि देखि उच्च रक्तचापको कारण उपचारार्थ फरवानिया अस्पतालमा भर्ना भइ उपचाररत रहेका थिए ।

मृतक तारा बहादुरलाई ब्लड प्रेसरले टाउकोमा असर पारेको उपचार संलग्न डाक्टरले बताएका छन् । सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए ।

घटना बारे कुवेत स्थित नेपाली दुतावासलाई जानकारी गराइ सकिएको र दुतावासले मृतकको बारेमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्तिसहित शवलाई छिटोभन्दा छिटो नेपाल पठाउन पहल गर्ने आश्वासन दिएको छ । मृतक तारा बहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको छन् ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...