Thursday 19th March 2026

इरानको पानीजहाज बेलायतद्वारा कब्जा, इरानले जवाफी कारवाही गर्ने


तितोपाटी – जुलाइ ४ मा जिब्राल्टरमा ब्रिटेनको रोयल मरिन्स(नौसेना)ले ‘ग्रेस वन’ नाम गरेको इरानी ‘सुपर ट्यांकर’ कब्जामा लिएपछि ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । ब्रिटेनको नौसेनाले ट्याकंरमा रहेको तेल सिरिया लगिँदै गरेको आशंका कब्जामा लिएको हो । सिरियासँग व्यापार गर्न युरोपेली प्रतिबन्ध रहँदै आएको अवस्थामा उसलाई ढुवानी गर्न लागेको तेल कब्जामा लिइएको ब्रिटेनको विदेश मन्त्रालयले बताएको छ ।

उता आफ्नो तेल ट्यांकर कब्जामा लिएको घटनाबाट इरान क्रुद्ध बनेको छ । यस घटना लगतै इरानको सरकारले तेहरानस्थित ब्रिटिश राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको थियो । यस घटनको इरानका कयैन तप्का व्यापक विरोध भइरहेको छ । राजनीतिज्ञदेखि विभिन्न उच्च पदस्थ अधिकारीले ब्रिटेनमाथि जवाफि कारबाही गरिनुपर्ने माग गरिरहेका छन् ।

इरानको संसदका सचिव मोहसिन रजाइले जुलाई चारमा कब्जा गरिएको सुपर ट्याकंर लण्डनले नछाडेमा तेहरानले पनि ब्रिटेनको एउटा तेल ट्यांकर कब्जामा लिनुपर्ने बताए । जलाई पाँचमा ट्वीट गर्दै मोहसिन रजाइले भनेका छन् ,‘इरानले कहिले द्वन्द सुरु गरेको छैन तर उसमाथि अभद्र व्यवहार गरिन्छ भने उसलाई त्यसको गतिलो जवाफ दिन आउँछ । ’

इरानको रिभोल्यूशनरी गार्डका पूर्व कमाण्डरले पनि ब्रिटेनले इरानको तेल ट्याकंर नछाडेको अवस्थामा ब्रिटेनको तेल जहाज कब्जामा लिन इरानी अधिकारी जिम्मेबारी हुन आउने बताएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले यस कदमलाई ‘समुन्द्री डाकूले गर्नेजस्तो व्यवहार’ भनेका छन् । विहीबार विहान जिब्राल्टरको बन्दरगाहमा ब्रिटेनका रोयल मरिन्सको सहयोबाट इरानी तेल ट्याकंर कब्जामा लिइएको थियो । अन्तराष्ट्रिय मिडियाका अनुसार जिब्राल्टर सरकारको निवेदनमा ब्रिटेनबाट ३० सदस्यीय मरिन्सको एउटा समूह उक्त क्षेत्रमा गएको थियो । रक्षा सूत्रका अनुसार जहाजलाई शान्तीपूर्ण ढंगमा नियन्त्रणमा लिइएकाले कुनै ठूलो घटना हुन पाएन ।

युरोपेली संघको कुन प्रतिबन्ध उलंघन
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको इरानी तेल ट्यांकर कब्जालाई ‘ठूलो’ घटना बताएका छन् । उनका अनुसार सिरियासँगको तेल व्यापार युरोपेली युनियनको प्रतिबन्धको उलघंन हो । जिब्राल्टरका अधिकारीले तेल सिरियाकै लागि जादैं गरेको आशंका गर्नुको कारण रहेको बताएका छन् । तिनका अनुसार यो जहाज सिरिया राजधानी दमास्कसस्थित दारटस बन्दरगाहमा रहेको प्रशोधन केन्द्रको लागि कच्चा तेल लिएर हिँडिरहेको थियो ।

दारटस बन्दरगाहको तेल प्रशोधन केन्द्र सिरिया सरकारको पेट्रोलियम विभाग अन्तर्गत पर्छ । युरोपेली संघको भनाईमा यस प्रशोधन केन्द्रको आय सिरिया सरकारले उपभोग गरिरहेको छ । यस प्रशोधन केन्द्रलाई सन् २०१४ मा युरोपेली संघले प्रतिबन्धको लगाइरहेको छ ।

#कोसेलीन्यूज

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...