Friday 5th December 2025

गायक रोशन हाङखिम राइले ल्याए “इलाम बजारमा”


तितोपाटी – वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले  “इलाम बजारमा” नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको  उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् । गायनमा सुश्मित राइले साथ दिएकी छन् भने उक्त म्यूजिक भिडियो मेरो कुरा इन्टरटेन्मन्ट नामक युटुब च्यानलबाट बजारमा अाएको हो ।

“इलाम बजारमा” म्यूजिक भिडियोमा रोशन स्वयंको अलावा मोडल द्वय मुस्कान राइ र सोफिया राइले अभिनय गरेका छन् भने सम्पादन अनिल कुमार महर्जनको रहेको छ । केशब राइको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोको निर्देशन जिबी लामाले गरेका हुन् ।

“इलाम बजारमा” म्यूजिक भिडियो हेर्न तल क्लिक गर्नुहोसः

 


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...