Tuesday 23rd December 2025

नाइजेरियामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विष्फोट हुँदा ३५ जनाको मृत्यु


तितोपाटी -नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अन्य एक सय एकजना घाइते भएका छन्।

बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार दुर्घटना भएको हो। ट्यांकर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्यांकरबाट चुहिएको पेट्रोलियम पदार्थ चोरी गर्दै थाप्नेहरुको भीड लागेका बेला ट्यांकरमा आगलागी भएको अधिकारीहरुले जनाएका छन्। सडक सुरक्षा दलका प्रदेश कमान्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरबाही तरिकाले ट्यांकर चलाएका थिए। त्यही बेला ट्यांकर हल्लिएर पल्टिएको उनले बताए।

आगलागी हुनुभन्दा अगाडि कम्तीमा ४५ मिनेटसम्म स्थानीयले पेट्रोलियम पदार्थ थापेका थिए। उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्यांकरमा ठोक्किएपछि आगलागी भएको थियो। मारिएकामध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन्। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...