Tuesday 23rd December 2025

भारतको महाराष्ट्र रत्नगिरीमा बाँध भत्किँदा ७ को मृत्यु, २० बेपत्ता


तितोपाटी- भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ । भने, २० जना बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो ।

मुम्बईबाट २ सय किलोमिटर दुरीमो रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो ।जिल्लाका प्रशासनिक अधिकारीका अनुसार बाँध भत्किएको ठाउँभन्दा केही दुरीमा सात जनाको शव भेटिएको थियो ।

बीबीसी मराठी सेवाका संवाददाता जान्हवी मुलेका अनुसार नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टिम राहत र बचाउका सामाग्री, पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन् ।पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...