Thursday 19th March 2026

श्रीलंकामा डेंगुको महामारीको कारण ३५ को मृत्यु, २३ हजार भन्दा बढि प्रभावित


तितोपाटी – श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन्। जन महिनाको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। सबैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ। प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै विरामी गाम्पाहामा भएका छन्। गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना विरामी भएका छन्।

वर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ। उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाई, चक्कर लाग्ने, पिसाबसम्वन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरुसँग परामर्श गर्न चिकित्सकहरुले आग्रह गरेका छन्।

‘ज्वरो आएका सबै बिरामीहरुलाई आरामको आवश्यकता पर्दछ। उनीहरुले केही दिन आफ्नो कामबाट बिदा लिनु पर्दछ,’ एक विषेशज्ञले भने। श्रीलङ्कामा गत वर्ष मात्रै ५४ भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...