Friday 27th March 2026

प्रताप दासको स्वरमा “जुन सँग दाँजी हेरें मैले तिमीलाइ”


तितोपाटी – गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  यो गीतको शब्द र संगीत इन्द्र आरपीको रहेको छ । ध्वानिक नेपाल स्टुडियोमा रेकर्ड गराइएको उक्त गीत अजय सिंह कार्कीले गरेका हुन् भने बुढा सुब्बा डिजिटल पा.लि. को युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

 उक्त गीतको भिडियोको छायांकन तथा निर्देशन विनोद केसीले गरेक हुन् । भिडियोमा कृष्ण भण्डारीको सम्पादन, किरण थापा मगरको कोरियोग्राफी छ भने म्यूजिक एरेन्जरमा सुरज शाही ठकुरी रहेका छन् । त्यसै गरि भिडियो मिक्सिङ चन्द्र चाैधरीको रहेको छ ।

भिडियोमा देवबहादुर नेपाली र सुरभी मानन्धरको मोडलिङ रहेको यो भिडियो प्रेम भावमा  तयार पारिएको छ । भिडियोलाइ पुर्ण इन्टरटेन्मन्टले मार्केटिङ गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...