Thursday 19th March 2026

ओमानमा एनआरएनएको पाँचाैं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा सेवन्त पुर्जा


तितोपाटी – ओमानस्थित गैर आवासीय नेपाली संघको पाँचौं राष्ट्रिय महाधिवेशनले सेवन्त पुर्जाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । ओमानको राजधानी मस्कटमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष बिकल झा, महासचिव रविन शिल्पाकार, सचिब भरत अधिकारी, कोषाध्यक्ष महेशश्वर चौधरी, सहकोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता रामकुमार तामाङ, महिला संयोजक रुपा कार्की र युवा संयोजक फुर्वा लामा चयन भएका छन् ।

यसैगरी सदस्यहरु क्रमशः टिकाराम विश्वकर्मा, ललित वास्तोला, लक्ष्मीप्रसाद कोइराला, कुलबहादुर श्रेष्ठ, महेन्द्र तिवारी, रामबहादुर तामाङ, सुरेश खड्का, सुनु तामाङ, नरेन्द्र वराल, अर्जुनप्रसाद पौडेल र सुसन श्रेष्ठ चयन भएका छन् ।

एनआरएन ओमानका अध्यक्ष दीपक श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न महाधिवेशनमा साउदीबाट सहभागी भएका जोन अर्यालले मध्यपुर्ब उपसंयोजक, युएईका मनोज गोर्खालीले मध्यपुर्व संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ओमानमा एनआरएनए गैरआवासीय नेपाली सोसल क्लबको रुपमा ओमानको सामाजिक विकास मन्त्रालयमा दर्ता छ । ओमानको पाँचाैं राष्ट्रिय महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्र्रिय समन्वय परिषद्का अध्यक्ष भबन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, सचिब डिवी क्षेत्री, मध्यपुर्व संयोजक आरके शर्मा लगायतको उपस्थिति थियो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...