Sunday 28th December 2025

ओमानमा एनआरएनएको पाँचाैं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा सेवन्त पुर्जा


तितोपाटी – ओमानस्थित गैर आवासीय नेपाली संघको पाँचौं राष्ट्रिय महाधिवेशनले सेवन्त पुर्जाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । ओमानको राजधानी मस्कटमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष बिकल झा, महासचिव रविन शिल्पाकार, सचिब भरत अधिकारी, कोषाध्यक्ष महेशश्वर चौधरी, सहकोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता रामकुमार तामाङ, महिला संयोजक रुपा कार्की र युवा संयोजक फुर्वा लामा चयन भएका छन् ।

यसैगरी सदस्यहरु क्रमशः टिकाराम विश्वकर्मा, ललित वास्तोला, लक्ष्मीप्रसाद कोइराला, कुलबहादुर श्रेष्ठ, महेन्द्र तिवारी, रामबहादुर तामाङ, सुरेश खड्का, सुनु तामाङ, नरेन्द्र वराल, अर्जुनप्रसाद पौडेल र सुसन श्रेष्ठ चयन भएका छन् ।

एनआरएन ओमानका अध्यक्ष दीपक श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न महाधिवेशनमा साउदीबाट सहभागी भएका जोन अर्यालले मध्यपुर्ब उपसंयोजक, युएईका मनोज गोर्खालीले मध्यपुर्व संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ओमानमा एनआरएनए गैरआवासीय नेपाली सोसल क्लबको रुपमा ओमानको सामाजिक विकास मन्त्रालयमा दर्ता छ । ओमानको पाँचाैं राष्ट्रिय महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्र्रिय समन्वय परिषद्का अध्यक्ष भबन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, सचिब डिवी क्षेत्री, मध्यपुर्व संयोजक आरके शर्मा लगायतको उपस्थिति थियो ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...