Friday 6th February 2026

प्रेमीसँग मिलेर आफ्नै छोरीले नै ६० वर्षीया आमाको हत्या गरेको खुलासा


तितोपाटी – आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। भक्तपुरको चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नाैसाद, भारतको जनक भगत इडी ३५ नई अशोका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भाेला कुमार,भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ईश्वरी र भक्तपुरको पुरानो ठिमी बस्दै आएका नाैसाद बीचको सम्बन्धका बारेमा आमालाई थाहा भए पछि छोरीले नै नाैसादसँग सल्लाह गरी १२ लाखको सुपारी दिने सहमति भएको खुलेको छ। नाैसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर हत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...