Sunday 11th January 2026

प्रेमीसँग मिलेर आफ्नै छोरीले नै ६० वर्षीया आमाको हत्या गरेको खुलासा


तितोपाटी – आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। भक्तपुरको चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नाैसाद, भारतको जनक भगत इडी ३५ नई अशोका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भाेला कुमार,भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ईश्वरी र भक्तपुरको पुरानो ठिमी बस्दै आएका नाैसाद बीचको सम्बन्धका बारेमा आमालाई थाहा भए पछि छोरीले नै नाैसादसँग सल्लाह गरी १२ लाखको सुपारी दिने सहमति भएको खुलेको छ। नाैसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर हत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

प्रतिकृयाहरू
...