Tuesday 23rd December 2025

कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्प बिच भेटवार्ता


तितोपाटी – उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता गरेका हुन् । ट्रम्पले हिँजो शनिवार एक ट्वीट मार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले विश्वभर एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो।ट्रम्पको चाहना बमोजिम नै दुई नेताले भेट गरेका हुन् ।

भेटका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनको समेत उपस्थिति थियो । किमको दक्षिण कोरिया भ्रमणपछि मुनसँगको यो तेश्रो भेट हो । भियतनाममा सम्पन्न दोश्रो शिखर सम्मेलनमा उत्तरकोरिया रुष्ट भएपछि ट्रम्पले किमलाई फकाउँदै आएका छन् । उनले चिठी समेत पठाएर किमलाई वार्तामा आउन पटपकट आग्रह गर्दै आएका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सीमामा किमलाई भेट्न पाउँदा आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका थिए । योसँगै किमलाई विस्थापित क्षेत्रमा भेट्ने ट्रम्प पहिलो व्यक्ति समेत बनेका छन् ।

ट्रम्प उत्तर कोरियाको अपरान्हको समयमा केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।दुई नेताबीचको छोटो भेटमा हात मिलाएर एक अर्कालाई अभिवादन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

प्रतिकृयाहरू
...