Thursday 15th January 2026

प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम अधिवेशन, सम्पन्न अध्यक्षमा रोशन राई


तितोपाटी- प्रवासी इलामेली सेवासमाज कुवेतको प्रथम वार्षिक उत्सव तथा अधिवेशन हिँजो शुक्रवारको दिन फर्वानियास्थित अडिटोरियम हलमा रोशन राईको अध्यक्षतामा २१ जनाको नयाँ कार्यसमिति चयन गर्दै भव्यरुपमा सम्पन्न भएको छ। संस्थाका सल्लाहकारहरूमा संस्थापक सल्लाहकार-चक्र कुलुङ राई, सल्लाहकार-सबिन लाम्गादे २ जना रहेका छन् ।

संस्थाकाे संस्थापक संयोजक चक्र कुलुङ्ग राइको सभाध्यक्षता तथा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको प्रमुख अातिथ्यता एवं एनअारएनए अाइसीसी कोअर्डिनेटर अमित राइ तथा  पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष- नवराज पन्थीको विशेष अातिथ्यता रहेको उक्त कार्यक्रममा कुवेत स्थित कृयाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार, साहित्यकर्मी लगायतका अाति रहेका थिए। कार्यक्रममा इलाम घर भइ कुवेतमा कार्यरत सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको  उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रमउपस्थित पाउना द्वारा सामुहिक रुपमा दिप प्रज्वलन संगै केक काटी कार्यक्रमलाई औपचारिक रुपमा अगाढी बढाईएको थियो । शुभकामना मन्तव्य दिनेहरूमा प्रमुख अतिथि सुमित्र पौडेल, विशेष अतिथिहरू नवराज पन्थी, अमित चामलिंग राई, तथा अतिथिहरू जयनारायण थारु, नैनकला राई, मन्जित चाम्लिंग राई, युबराज गैरे लगायतका वक्ताहरुले आ- आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सुरेश ग्याबाले गरेका थिए भने, स्वागत मन्तव्यमा नव-निर्वाचित अध्यक्ष, रोशन राई रहेका थिए।

अधिवेसन कार्यक्रम संगै संस्कृतिक कार्यक्रम पनि गरिएको थियो भने समाजले कुवेत बसाइलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन तयारीमा रहेका सिल्पी संघ नेपाल कुवेतका अध्यक्षलाई खादा ओढाएर मायाको चिनो प्रदान गर्दै बिदाई गरेको थियो। कार्यक्रममा उपस्थित भइ अधिवेशन तथा वार्षिक उत्सवलाइ सफल बनाइदिनु हुने कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यबाद दिदै चक्र कुलुङ राईले कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रवासी इलामेली सेवा समाज कुवेतकाे नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः

  संस्थापक सल्लाहकार-चक्र कुलुङ राई, सल्लाहकार-सबिन लाम्गादे

अध्यक्ष-रोशन राई, बरिष्ठ उपाध्यक्ष-अमित किराती, महिला उपाध्यक्ष-निरु राई, महासचिव-मन कुमार तामाङ, सचिव प्रबिन राई,कोशाध्यक्ष किरन तिरुवा,सह कोशाध्यक्ष घनेन्द्र राई

सदस्यहरु- बिरेन लिम्बू,प्रकास धिताल,टेक बहादुर साङ्पाङ,चित्र राई, प्रकाश भट्टराई, मिना बम्जन, भिमा लिम्बू, डम्बर राई कुमार गुरुङ, तुलशा चौहान, किशोर खाती, बुद्धलाल लिम्बू, आस वीर राई,  सानू सिप्तुङ्खा, दिनेश धमला रहेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...