Thursday 19th March 2026

६ महिना भन्दा लामो अन्तरिक्ष यात्रा पछि रूसी अन्तरिक्ष यात्रीले पृथ्वीमा अवतरण गरे


तितोपाटी – अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट तीन जना अन्तरीक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरीक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरीक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो। कजाखिस्तानको झेखाजगान सहर नजिकै अन्तरीक्षयात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरीक्षयात्रीहरुमा नासाकी आन म्क्याकक्लेन, वरिष्ठ रुसी अन्तरीक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडेली अन्तरीक्ष केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन्।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्कुराइरहेका थिए। क्यानाडेली र अमेरिकी अन्तरीक्षयात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने छन्। तीनै जना अन्तरीक्षयात्री गत डिसेम्बर ३ मा रुसी अन्तरीक्षयान सोयुजबाट अन्तरीक्षतर्फ लागेका थिए। तर गत वर्षकै अक्टोबरमा रुसी अन्तरीक्षयात्री एलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरीक्षयात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो। उड्नासाथ दुर्घटना भए पनि सो यानबाट दुवै यात्रीले आपतकालीन अवतरण गरेका थिए।

रुसी अन्तरीक्ष विज्ञानमा सन् १९९० यता यो पहिलो दुर्घटना थियो। ४० वर्षीया अन्तरीक्षयात्री म्याकक्लेनले गरेको ट्विटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताएकी छन्। सन् २०११ देखि रुसले मात्र अन्तरीक्ष केन्द्रमा मानिस पठाएको छ। अमेरिकासमेतका मुलुकले अन्तरीक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन्। रुसले हालसम्म सात जना पर्यटकलाई अन्तरीक्ष केन्द्रमा पठाएको छ र सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...