Wednesday 14th January 2026

६ महिना भन्दा लामो अन्तरिक्ष यात्रा पछि रूसी अन्तरिक्ष यात्रीले पृथ्वीमा अवतरण गरे


तितोपाटी – अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट तीन जना अन्तरीक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरीक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरीक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो। कजाखिस्तानको झेखाजगान सहर नजिकै अन्तरीक्षयात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरीक्षयात्रीहरुमा नासाकी आन म्क्याकक्लेन, वरिष्ठ रुसी अन्तरीक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडेली अन्तरीक्ष केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन्।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्कुराइरहेका थिए। क्यानाडेली र अमेरिकी अन्तरीक्षयात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने छन्। तीनै जना अन्तरीक्षयात्री गत डिसेम्बर ३ मा रुसी अन्तरीक्षयान सोयुजबाट अन्तरीक्षतर्फ लागेका थिए। तर गत वर्षकै अक्टोबरमा रुसी अन्तरीक्षयात्री एलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरीक्षयात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो। उड्नासाथ दुर्घटना भए पनि सो यानबाट दुवै यात्रीले आपतकालीन अवतरण गरेका थिए।

रुसी अन्तरीक्ष विज्ञानमा सन् १९९० यता यो पहिलो दुर्घटना थियो। ४० वर्षीया अन्तरीक्षयात्री म्याकक्लेनले गरेको ट्विटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताएकी छन्। सन् २०११ देखि रुसले मात्र अन्तरीक्ष केन्द्रमा मानिस पठाएको छ। अमेरिकासमेतका मुलुकले अन्तरीक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन्। रुसले हालसम्म सात जना पर्यटकलाई अन्तरीक्ष केन्द्रमा पठाएको छ र सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...