Thursday 9th April 2026

गायक शम्भु राइ र प्रकाश सपुत विचको विवाद मिल्यो, भयो लिखित सहमति


तितोपाटी – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो।

‘गलबन्दी’ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ। राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ।दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

गलबन्दी गीतले चर्चा पाउन थालेपछि सपुतले राईको गीत चोरि गरेको भन्दै आलोचना हुँदै आएको थियो। सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

लिखित सहमति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...