Tuesday 31st March 2026

हृदयघातका कारण कुवेतमा फेरी एक नेपालीको मृत्यु


तितोपाटी- वैदेशिक रोजगरीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली कामदारको आज २६ जुन २०१९ को दिन मृत्यु भएको छ। बिक्रम न्याइच्याई नाम गरेका ती व्यक्तिको हृदयघातको कारण मृत्यु भएको बुझिएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ घर भइ विगत ९ महिनादेखि कुवेतको अल वाफ्रा रेडिमिक्स नामको कम्पनीमा कार्यरत ४५ वर्षीय न्याइच्याइलाइ आज बिहान डिउटीमा जाने समयमा अचानक वेहोश भए पछि उपचारार्थ अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको बुझिएको छ ।

मृतक बिक्रमले बिहान डिउटी जाने समयमा आफुलाइ छाती दुःखेकोले डिउटी जान नसक्ने बताए पछि सहकर्मी साथीले कम्पनीमा खबर गर्न नपाउँदै बेहोस भई भुइमा लडेका बिक्रमलाइ तत्कालै उपचारार्थ फरवानिया अस्पताल लगिएकोमा फर्वानिया अस्पताल पुर्याएर चेक जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।मृतक बिक्रमको शव फर्वानिया स्थित अस्पतालको शव गृहमा राखिएको छ।

यस विषयमा दुतावासमा सम्पर्क गर्दा द्वित्तिय सचिव ज्ञान बहादुर मगरले घटना बारेमा दूतावासलाइ जानकारी प्राप्त भएको बताउँदे मृतक कार्यरत कम्पनि संग सम्पर्क गरि मृतकले पाउनु पर्ने सम्पूर्ण सेवा सुबिधाहरु लगायत मृतकको शवलाइ आवश्यक प्रकृया पुरा गरि जति सक्दो छिटो नेपाल पठाउने ब्यवस्था गरिने बताए ।

हिजो आज कुवेतमा बढिरहेको गर्मीले जनजीवन अस्तव्यस्त भईरहेको छ र यो गर्मि अझै बढ्ने संकेत देखिएको छ। त्यसैले कार्यस्थल वा वसोवास क्षेत्रमा निम्न प्राथमिक उपाय अपनाएर प्रचण्ड गर्मीका कारण उत्पन्न हुन सक्ने गम्भीर समस्याहरूबाट बच्नको लागि सम्पूर्ण कुवेतमा रहनु हुने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले प्रसस्त मात्रमा पानि पिउने, अस्वस्थ महसुस भए तुरुन्त अस्पताल जाने, धेरै घाममा बाहिर नहिड्ने, बाहिर काम गर्नु पर्ने कामदारहरुले बेला बेलामा छायाँ पर्ने ठाउँमा आराम गर्ने लागायतका कुराहरुमा ध्यान दिनुहुन कोसेली परिवार हार्दिक अनुरोध गर्दछ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...