Thursday 19th March 2026

कतारमा नेपालीहरू ८ महिनादेखि बेतलबी, ८ सय रियलले ८ महिना गुजारा


तितोपाटी – कतारको एक कम्पनीमा कार्यरत नेपाली ८ महिनादेखि कम्पनीबाट तलव नपाएर पीडित भएका छन् । कतारस्थित टेक्नो मेटल कम्पनीले ति श्रमिकलाई ८ महिनाको वीचमा एकपटक जनही २ सय सय रियाल र अर्को एकपटक ६ सय रियाल दिएको पीडितले गुनासो गरेका छन् ।

जिफन्ट सहयोग समुह, कतारका उपाध्यक्ष दिनेश कटवालका अनुसार ति नेपाली श्रमिकलाई खान समेत समस्या परेकोले तत्कालका लागि नेपाली प्रवासी श्रमिक संघ, जिफन्ट सहयोग समुह, कतारले केहि खाद्यान्न सहयोग गरेको छ ।

कम्पनीबाट तलव नपाएर अलपत्र पर्नेहरुमा नरेश बहादुर बि. क. (स्याङ्जा), सिङ्गी तामाङ(दोलखा), रेशम बहादुर पहारी(सिन्धुपाल्चोक), छविलाल घले(सिन्धुली), पृथ विक्रम घर्ती(प्युठान), शेर बहादुर बि. क.(गुल्मी), राजेन्द्र खड्का(गुल्मी), सहदेव यादव(सप्तरी), बेगम बहादुर खड्का(गुल्मी), धोम बहादुर खड्का(गुल्मी) रहेका छन् ।

-देशपरदेशबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...