Thursday 19th March 2026

भारतको राजस्थानमा भएको एउटा धार्मिक कार्यक्रमको पाल भत्किंदा १४ जनाको मृत्यु, दर्जनाै घाइते


तितोपाटी – भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ। सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार मृत्यु हुनेमध्ये केही व्यक्तिलाई करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो। हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार आइतवार सो धार्मिक समारोहमा झन्डै तीन सय मानिस सहभागी भएका थिए। घटना राजस्थानको बाडमेर जिल्लामा भएको हो। घाइतेमध्ये केही व्यक्तिको स्थिति गम्भीर रहेको बताइएको छ।

राज्यका विपद् व्यवस्थापन तथा राहत मन्त्री भँवरलाल मेघवालले पानी परेको प्रतिकूल परिस्थितिमा आयोजकले विद्युत् आपूर्ति बन्द नगरेकोमा आश्चर्य प्रकट गरेका छन्। घटनाबारे छानबिन सुरु भएको बताइएको छ।

प्रहरीका अनुसार जसोल गाउँमा आइतवार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो। त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए। दिउँसो हावाहुरी र पानीका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो। केही व्यक्तिलाई पालको संरचनाले किच्यो भने केहीलाई नाङ्गो तारबाट करेन्ट लाग्यो। त्यतिबेला पालभित्र झन्डै सय जना मानिस थिए। तीमध्ये १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपयाँ दिने घोषणा गरेका छन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...