Thursday 19th March 2026

इण्डोनेसियामा ग्यास लाइटर उद्योगमा आगलागी हुँदा २२ जनाको मृत्यु


तितोपाटी – इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन्। उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको उक्त लाइटर उद्योगमा शुक्रबार विहान ११ः३० बजे आगलागी भएको हो।

बिन्जाई विपत नियन्त्रण कार्यालयका कर्मचारी ओकीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले घटनाबारे भनेका छन्, ‘लाइटर उद्योगको भण्डार क्षेत्रबाट आगलागी शुरू भएको र यसबाट कम्तीमा २२ जनाको मृत्यु भएको छ। उक्त घटनामा थप केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ।’

मृतकका शरीर अन्तिम परिक्षणका लागि नजिकको सरकारी अस्पतालमा लगिएको छ। साथै स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा आगलागी करीब दुई घण्टापछि नियन्त्रणमा लिइएको छ। एक प्रत्यक्षदर्शीका अनुसार आगलागी हुनुभन्दा पहिले ठूलो विस्फोटको आवाज सुनिएको र उक्त अवसरमा उद्योगमा कार्यरत प्राय सवै श्रमिक कोठाभित्र रहेका थिए। घटनाबारे प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...