Thursday 19th March 2026

नयाँ शक्ति र संघीय समाजबीच कुवेतमा पनि एकता,अध्यक्षमा निर्मल स्याङ्तान


तितोपाटी- नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकता भए संगै, प्रवासमा रहेका संगठनहरुबीच कुवेतमा पनि दुई पार्टीका वैदेशिक भातृ संगठन बिच एतिहासिक एकता भएको छ। संघिय समाजवादी फोरम नेपालको नेपाली संघीय समाज कुवेत र नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बिचको एेतिहासिक एकता कार्यक्रमबाट निर्मल स्याङ्तान नामाङको अध्यक्षतामा नेपाली समाज कुवेत गठन गर्दै हिँजो २१ जुन २०१९ सुक्रवारको दिन फर्वानिया स्थित अडीटोरीयम हलमा भव्यरुपमा सम्पन्न भएको हो ।

नेपाली राष्ट्रिय गित बजाई सहिदहरु प्रति एक मिनेट मौन धारण र दिप प्रज्वलन गरि कार्यक्रमलाई निरन्तरता दिएको थियो।

एकता घोषणा कार्यक्रमबाट निर्मल स्याङ्ताङको अध्यक्षतामा नेपाली समाज कुवेत कमिटि गठन गरिएको छ। यस एकतालाई समाजवादी पार्टी नेपालको सिद्धान्त र बिधान अनुसार गठन गरिएको नेपाली समाज कुवेतका उपाध्यक्ष जयनारायण माझीले तितोपाटी डट कम लाई बताएका छन।

नारायण पोख्रेलको प्रमुख अातिथ्य रहेको उक्त कार्यक्रममा कृयाशिल संघसंस्थाका पदाधिकारी तथा प्रतिनीधि पत्रकार, समाजसेवी, बुद्धिजीवि, कलाकार, खेलाडी लगायत  कुवेतमा कार्यरत भो सो पार्टीसँग अावद्ध र अास्थावान नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थित रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नारायण प्रसाद पोख्रेल, एनअारएनए अाइसिसि कोअर्डिनेटर अमित चाम्लिङ राइ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, अादिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, समाजसेवी बुद्धिजीवि सूजन केसी, नेकपाका युवराज गैरे, गणेश रावत, कांग्रेसका मन्जित चाम्लिङग राई, अमर खड़का, पुष्कर धामी, लगायतका प्रतिनिधिहरुले नया नेतृत्वलाई बधाई र सफलताको शुभकामना दिएका थिए भने गत हप्ताको कार्यक्रम र हिँजोको कार्यक्रममा दूतावासबाट प्रतिनीधित्व नभएको प्रति वक्ताहरूले गनुसो गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई बिशेष धन्यवाद दिदै कुवेतमा कृयाशिल संघ संस्थाहरूसँग सहकार्य र हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै कार्यक्रम सफल, सभ्य र भव्य रूपमा सम्पन्न गराउन प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्ने सबै प्रति अाभार प्रटक गर्दै आगामी दिनहरुमा पनि यसरी नै साथ र सहयोगको अपेक्ष्य राख्दै अध्यक्ष- स्याङ्ग्तानले कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए भने एकता घोषणा कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव जय नारायण माझी थारू र नेपाली संघीय समाजका महासचिव लोक यम्फु (खखुरा किरात)ले गरेका थिए । त्यसै गरि कार्यक्रमा उपस्थित सबैलाइ कोमल अधिकारीले स्वागत गरेका थिए ।

नया गठित “नेपाली समाज कुवेतका ”का नया कार्यसमिती यस प्रकार छन 

सल्हाकार- नारायण प्रसाद पोख्रेल, राजेन्द्र तामाङ्ग ,प्रकास चामलिंग,सुनिल श्रेष्ठ

अध्यक्ष- निर्मल कुमार स्याङ्ताङ

बरिष्ठ उपाध्यक्ष-रोल बहादुर बिस्वकर्मा
उपाध्यक्ष- जयनारायण थारु माझी,अमृत तामाङ्ग, प्रविन कुमार महत्त्व, प्रशुराम शाह

महासचिव- लोक याम्फु (खखुरा किरात), सचिव- आङ्ग्काजि शेर्पा, श्रिषीकेश थान्दार, आइटी विभा प्रमुख-सुमन गौतम, सह-सचिव- मनासराम वहिङ्ग राई, प्रवक्ता- राजकुमार वान्तावा राई, महिला प्रमुख- ख्रीष्टमाया तामाङ्ग, संगठन बिभाग प्रमुख- छिरिङ्ग तामाङ्ग, उप प्रमुख- बिमल दाहाल,संदेश राई, युवा बिभाग प्रमुख- उमेश राई, कोषध्यक्ष -कोमल अधिकारी रहेका छन् ।

सदस्याहरूमा कुमार बलामी मगर, दशरथ खालिङ राइ, मीन चाम्लिङ राइ, माया राइ, सिसान्त कुमार सरदार, राजेन्द्र अाले मगर, केदार सापकोटा, सुमन कुवर, अनीता खालिङ राइ, नबराज खत्री, नुन बहादुर बिश्वकर्मा, राम कुमार फाैजदारी, अविनाशा तामाङ, राधा चाैधरी, रेश्मा लामा, शुशीला राजवंशी, पदम बहादुर तामाङ, धर्मेन्द्र कुमार चाैधरी, सन्देश सुनार, राम दयाल राना, दिपक बिष्ट, शान्ती चाैधरी, कृष्ण पाैडेल, कमला सुनार, सरद कुमाल रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...