Thursday 19th March 2026

दाैत्यसम्बन्धको ७० वर्ष पगेको अवसरमा चीनका राष्ट्रपतिको उत्तर कोरिया भ्रमण


तितोपाटी – चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनपिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार प्याेङयाङ पुगेका छन्। चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो।

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा गएका हुन्। चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ।

आर्थिक तथा पराम्परागत सम्बन्ध कायम हुँदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ अध्याय शुरु भएको समाचारमा बताइएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...