Thursday 16th October 2025

‘राष्ट्रलाइ गम्भिर नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाइ कडा कारवाही गरिन्छ’ – प्रधानमन्त्री


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे।

उनले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कार्वाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए। प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारे। उनले जनता र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...