Monday 10th November 2025

ओमानद्वारा नेपाली डाक्टर र नर्सलाइ ओमानमा रोजगारीको प्रस्ताव


तितोपाटी – ओमानले नेपाल र ओमान बिच श्रम समझदारी हुने तयारी हुँदै गर्दा ओमानले नेपालका डाक्टर र नर्सको माग गरेको छ । । ओमानस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेका हुन् ।

राजदूतसँगको भेटमा मन्त्री सादले नेपाली डाक्टर र नर्सहरू ओमानले लिन चाहेको बताउँदै त्यसको लागि नेपाली राजदूतावास ओमानले सहजीकरण गरिदिन अाग्रह गरेको बताइएको छ । अहिले ओमनले भारत लगायतका देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको छ। मन्त्री सादीले नेपालबाट डाक्टर र नर्सहरूलाइ सेवा लिन चाहेको बताउँदै नेपाल पनि ओमानको लागि श्रोत देश बन्न सकोस  भन्ने इच्छा ब्यक्त गर्दै नेपाल र ओमानसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन्। मन्त्री सादीले स्वास्थ्य र त्यस सम्बन्धी प्रविधि साटासाट र अनुभव आदानप्रदान गर्ने चाहेको कुरा पनि राजदूत पराजुलीसँगको भेटघाटमा बताएको बुझिएको छ।

जवाफमा राजदूत पराजुलीले जिटुजीमार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन्। नेपाल र ओमानबीच छिट्टै श्रम समझदारी हुदैँछ। कतिपय विषय त्यसमा नै समेट्न पनि सकिने राजदुत पराजुलीले बताएकी बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...