Monday 10th November 2025

अमेरिकाले मध्यपुर्वमा थप सैनिक दस्ता बढाउँदै


तितोपाटी – अमेरिकाले मध्यपुर्वमा सैनिक दस्ता बढाउन लागेको जनाएको छ । गत महिनादेखि शीतयुद्दको रूपमा बढेको अमेरिका-इरान विवाद विस्तार सेलाउँदै गएको बेला गत हप्ता ओमानको खाडीमा २ वटा तेल ट्यांकरमा बिष्फोट भएपछि सो बिष्फोट इरानले गराएको भन्दै अमेरिकाले मध्यपुर्व क्षेत्रमा अरू एक हजार सैनिक बढाउन लागेको हो ।

अमेरिकाले ओमानको खाडीमा गत साता दुईवटा तेल ट्यांकरमा भएको हमलासँग जोडिएका केही स्याटलाइट तस्बिरहरु सार्वजनिक गर्दै सो हमलाको लागि इरानलाई जिम्मेवार भन्दै आरोप लगाएको छ । पेन्टागनबाट सार्वजनिक भएका तस्बिरहरुमा इरानी सैनिक हमलामा परेको जापानी कोकुका करेजियस जहाजबाट विस्फोटक सामग्री हटाउँदै गरेको देखिएका छन् । अर्को तस्बिरमा कोकुका जहाजमा टूलो प्वाल परेको समेत देखिएको बताइन्छ ।

यही शिलशिलामा अमेरिकाले मध्यपूर्वमा एक हजार अतिरिक्त सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । इरानले पनि अमेरिकाको आरोप गलत भएको बताउँदैआएको छ । इरानी मिडियाका अनुसार दुई जहाजमाथि अलग अलग समयमा तीन पटक आक्रमण भएको थियो । इरानी नौसेनाले नै ४४ जना ‘क्रू मेम्बर’लाई बचाएका थिए । जब कि, अमेरिकाले आफ्ना सेनाले क्रू मेम्बरलाई बचाएको जिकिर गरेको छ ।

अमेरिकाले औपचारिक रुपमै आफ्ना अतिरिक्त सेना तैनाथ गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । अमेरिकाका कार्यवाहक रक्षामन्त्री पेट्रिक सेनहनले सोमबार यस्तो जानकारी दिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...