Saturday 18th January 2025

इजिफ्टका पुर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतको सुनुवाइकै क्रममा मृत्यु


तितोपाटी –  इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइकै क्रममा निधन भएको छ। कायरोको एक अदालतमा बेहोस भएर लडेका मोर्सीको हृदयघात भएर मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए। उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो।

अरब जगतमा भएको जनप्रदर्शनहरूपश्चात् सन् २०१२ मा मोर्सीको उदय भएको थियो। मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मोर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको बताएका छन्। जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए। बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो।

उनको शवलाइ पारिवारीक चिहानमा गाड्न नदिइए पछि यस घटनाले इजिप्ट तथा अन्य देशमा रहेका उनका समर्थकमाझ तनाव चर्किन सक्ने देखिएको छ ।मुस्लिम ब्रदरहुड दलले आफ्नो नेताको निधनलाई हत्याको संज्ञा दिएको छ। टर्कीका राष्ट्रपतिले उनलाई सहिद घोषणा गरिसकेका छन्। उनका अन्य समर्थकले पनि त्यसै गर्न सक्छन्। उनका विरुद्ध भइरहेका अदालती कारबाहीप्रति कतिपयले प्रश्न उठाएका थिए। गत वर्ष एक ब्रिटिस संसदीय समितिले उनलाई दिनको २३ घण्टा एकान्त कारावासमा राखिएको र त्यो यातना भएको जनाएको थियो। यस्तो अवस्था जारी रहे उनको चाँडै ज्यान जान सक्ने उक्त समितिले चेतावनी समेत दिइएको थियो।

मोर्सी सन् २०१२ मा मोर्सी इजिप्टको पहिलो जननिर्वाचित नेता बनेका थिए। इजिप्टको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाउँदै सन् २०१२ मा त्यहाँको सत्ता सम्हालेका थिए तर एक वर्षपश्चात् उनलाई सेनाले अपदस्थ गरिदियो। अन्य तीन मुद्दाको निर्णयबमोजिम उनलाई ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो। उनीमाथि प्रतिबन्धित समूहको अगुवाइ गरेको तथा सरकार विरोधी प्रदर्शनकारीलाई बन्दी बनाएर यातना दिएको तथा देशका गोप्य सूचना चुहाएको जस्ता आरोप लगाइएका थिए। तर उनले सधैँ अदालतको वैधानिकतामाथि नै प्रश्न उठाइरहे। उनका समर्थकहरूले ती मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित रहेको भन्दै तिनलाई सैनिक ‘कू’लाई वैधानिकता प्रदान गर्ने प्रयत्नको रूपमा व्याख्या गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी राष्ट्रपति मसूद पेजेश्कियान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका दुई सबैभन्दा बढी प्रतिबन्धित राष्ट्रहरू बीचको साझेदारीलाई गहिरो बनाउँदै सहयोग…

चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको  चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्‍यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ …

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र…

प्रतिकृयाहरू
...