Tuesday 31st March 2026

खोटाङ कुवेत सम्पर्क मंचको चौथौं अधिवेशन तथा  ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ मा हुने


तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने संस्थापक संरक्षक मन्जित चाम्लिङ राईले बताएका छन।

रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका खोटाङ्गेहरुलाई एक ढिक्का बनाउदै बिशेष जन्मभूमिको विकाशको लागि टेवा पुर्याउने हेतुले। संस्थापक संरक्षक मन्जित चाम्लिङ राई लगाएत कुवेतबासी खोटाङ्गेहरुको अग्रसरतामा सन २०११ मा उक्त संस्था स्थापना गरिएको थियो।

“भाषा अनि संस्कृतिमा बिबिधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ खोटाङ कुवेत सम्पर्क मंचले निरन्तररुपमा कुवेतका संघ संस्थाहरुसँग हातेमालो गर्दै सक्रियताको साथ लागेर संस्थाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रमा पनि उत्तिकै चासो दिदै गृह जिल्ला तथा गैर जिल्लामा विभिन्न खालका अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले सक्नेसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आईरहेको छ l

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने खोटाङ्गेहरु लगाएत बुद्धिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ गरिमामय उपस्थिति जनाई कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरीदिन हुन पनि मंचका संरक्षक राईले आग्रह गरेका छन् ।

कार्यक्रमको विवरण
मिति : १६ अगष्ट २०१९ शुक्रबार ।
स्थान : आइडियाल अडिटोरियम हल फर्वानिया ।
समय : दिनको ठिक १२ बजे ।
आयोजक : खोटाङ कुवेत सम्पर्क मंच, कुवेत ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...